राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादनको अन्तिम चरणमा
काठमाडौं,१८ वैशाख । रघुगंगा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।
तुदी पावर कम्पनी लिमिटेड प्रबद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । विद्युतगृहमा सबै उपकरण जडान हुनुका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।
आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ ।
साथै, राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।
प्रतिक्रिया दिनुहोस्