सिवाईसी नेपाल लघुवित्तको खुद नाफा बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं,१७ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आ.व. को तेस्रो त्रयमासको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९।४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.९४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४३३.३५ प्रतिशत बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी २३.९० प्रतिशत र सञ्चालन मुनाफा १२३.९९ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९४ पैसा बढेर २७ रुपैयाँ ९६ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.९९ गुणा रहेको छ ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ३२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ ।

२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले ५ अर्ब ३० करोड ९८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्