समाज लघुवित्तको नाफासंगै घट्यो प्रतिसेयर आम्दानी
काठमाडौं,१७ वैशाख । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको भन्दा २३.५७ प्रतिशतले कम हो । कम्पनीको कर्जा लगानी ७.७७ प्रतिशत बढेपनि ब्याज आम्दानी बढ्न नसक्दा नाफा घटेको छ ।
यता, कम्पनीको खुद ब्याज आम्दानी भने १२.३० प्रतिशतले घटेर १ करोड ७७ लाख ७२ हजार रुपैयाँमा आएको छ । यता, कम्पनीले सञ्चालन घाटा गत वर्षको तुलनामा कम गरेको छ । गत वर्ष २ करोड ३० लाख रुपैयाँ रहेको सञ्चालन घाटा अहिले १ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ ।
चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ रहेको समाज लघुवित्तको जगेडा कोष भने बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक १७.१६ रुपैयाँ रहेको छ । त्यसैगरि, प्रतिसेयर नेटवर्थ भने २४८.१८ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्