विकास हाइड्रोपावरले आइपीओ बिक्री गर्न पायो धितोपत्र बोर्डको अनुमती
काठमाडौं,१६ वैशाख । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको रुपमा कार्य गर्न कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्