सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम
काठमाडौं,१६ वैशाख । सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख १६ गते मंगलबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख १७ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्ने छन् ।
गत वर्षको नाफाबाट यस कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो लाभांश पारित गर्न यसले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्