गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं,१६ वैशाख । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा इन्स्योरेन्सले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ हजार ८१२।८४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ७ लाख १ हजार रुपैयाँ मात्र थियो । आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क ९९०।४४ प्रतिशत बढेको छ भने कुल आम्दानी ३७०।६६ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १ हजार २११।१३ प्रतिशत र कुल खर्च ३२५।५७ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ७० पैसा बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ । तेस्रो त्रयमाससम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०७।९१ गुणा रहेको छ ।
७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्