नाफासँगै बढ्यो डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी

काठमाडौं,१६ वैशाख । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशत भन्दा बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५२.३५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.६९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४०.६५ प्रतिशत र सञ्चालन मुनाफा ६८.८२ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रति शेयर आम्दानी ११ रुपैयाँ ७ पैसा बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ ।

तेस्रो त्रयमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ ।

१ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । यस लघुवित्तले २२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २५ अर्ब १ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्