कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं,१४ वैशाख । कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो ।
यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्। ।
निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ । सूचना प्रकाशित मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले प्रकाशित गरको सूचनामा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्