शिक्षकहरूद्वारा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप

काठमाडौँ,१४ वैशाख । शिक्षक आन्दोलनमा प्रहरी र शिक्षकबीच झडप भएको छ।

काठमाडौंको माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढेको शिक्षकहरूलाई प्रहरीले रोक्न खोजेको थियो।

ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा हानेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

प्रहरीमाथि शिक्षकहरूले ढुंगामुढा समेत गरेका छन्। प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

‘ब्यारिकेड तोड्न खोजेपछि केहीबेर झडप भएको हो। प्रहरीले पानीको फोहरा प्रहार गरेको छ,’ एसपी बोहराले भने।

काठमाडौंमा गत चैत २० गतेदेखि शिक्षक आन्दोलन जारी छ।

प्रतिक्रिया दिनुहोस्