दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,१४ वैशाख । दोर्दी खोला जलविद्युत कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । यस सेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले वैशाख १२ गते देखि यसअघि हकप्रद सेयर भर्न छुटेका सेयरधनीहरुको लागि भनेर पुनः आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । यसमा फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।

कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो । सबै नबिकेपछि अहिले फेरि खुला गरिएको हो । यो हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

कम्पनीको बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्