सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं,१२ वैशाख । सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् । यस कम्पनीको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको हालको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्