सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ३१.९० प्रतिशत वृद्दि

काठमाडौं,१२ वैशाख । सूर्यज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्किृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको हो ।

इन्स्योरेन्सले गत वर्षको यसै अवधिमा कमाएको २२ करोड ४३ लाख रुपैयाँको तुलनामा यो नाफा ३१.९० प्रतिशतले बढि हो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ ।

त्यस्तै, खुद बिमा शुल्क आर्जन पनि १७.८५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँ भन्दा धेरै छ ।

चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर ७ रुपैयाँ ८७ पैसा वार्षिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्