हिमालयन लघुवित्तको नाफा बढ्यो अन्य सूचकमा पनि सुधार

काठमाडौं,१२ वैशाख । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६९.३४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५३.०७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१।७९ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४३।०५ प्रतिशत र सञ्चालन मुनाफा ३६९.७६ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ११ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ५५ पैसा बढेर २२ रुपैयाँ ३० पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ४३।०५ गुणा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्