एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
कठमाडौं,११ वैशाख । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गोविन्द घिमिरेले बुधबारबाट औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । तीन दशक बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ बर्षदेखि एनएमबि बैंकसँग आबद्ध थिए ।
बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गरेर कार्य अनुभव हासिल गरेका घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन्। उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवाा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन् । उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
नव नियुक्त कार्यकारी अधिकृत घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा ब्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।
प्रतिक्रिया दिनुहोस्