स्वाभिमान लघुवित्तको खुद नाफामा भारी वृद्दि, अन्य सूचकमा पनि सुधार
काठमाडौं,११ वैशाख । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १८८४.२९ प्रतिशतले धेरै हो । गत वर्ष यस संस्थाले १८ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तको नाफा संगै प्रतिसेयर आम्दानी पनि बढेर ३२.६१ पुगेको छ भने पिइ रेसियो ५८.१५, प्रतिसेयर नेटवर्थ १८१.३२ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०२३.४८ रहेको छ ।
तेस्रो त्रयमासको अन्त्यसम्म लघुवित्तको खुद ब्याज आम्दानी ९७.५२ प्रतिशतले बढेर ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यता, संस्थाले ४ करोड ८३ लाख रुपैयाँ राइट ब्याक गरेको छ । ब्याज आम्दानी, सञ्चालन नाफा र राइट ब्याक बढ्दा नाफामा सुधार आएको हो ।
आ.व. को तेस्रो त्रयमाससम्ममा चुक्ता पूंँजी १४ करोड ६१ लाख अढतिस हजार रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ३० लाख पन्चानब्बे हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्