नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
काठमाडौं,११ वैशाख । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैशाख ११ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्