सनसनीपूर्ण जित निकाल्दै चेन्नाई सुपर किङ्स आइपीएल क्रिकेटको फाइनलमा

काठमाडौं । सनराईजर्स हैदरावादलाई हराउँदै चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ ।

प्ले अफ्अन्तर्गत मुम्बईमा हिजो भएको पहिलो क्वालिफायर्समा हैदराबादमाथि २ विकेटको जित निकाल्दै चेन्नाईले फाइनलमा ठाउँ सुरक्षित गरेको हो ।

खेलमा हैदरावादले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य चेन्नईले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर पुरा ग¥यो । टोलीका लागि फाफ डु प्लेसिसले अविजित ६७ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदारावादले कार्लोस ब्रेथवेटको अविजित ४३ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

यो हारसँगै हैदरावादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ ।

आईपीएलको एलिमिनेटरमा आज कोलकाता नाइट राइजर्स र राजस्थान रोयल्स भिड्नेछन् ।

त्यो खेलमा पराजित हुने टोली प्ले अफ्बाट बाहिरिँदा विजयी हुने टोलीले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा हैदरावादको सामना गर्नेछ । आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्