पियोर इनर्जीको आईपीओ बाँडफाँट
काठमाडौं,११ बैशाख । बिहीबार पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर गत चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमा कुल १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत र ६ हजार ४२६ आवेदन रद्द भएका छन्। ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्