ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्तसँगसँगै शिक्षामन्त्रीमा रघुजी नियुक्त
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् भने शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस गरेका छन् ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्ति गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छन् ।
शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि पन्तको नाम सिफारिस गरिएको हो ।
यसैगरी, प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री तामाङलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले बुधबार बर्खास्त गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।
मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उनी साउन १८ मा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्