ट्रष्ट माइक्रो इन्सुरेन्सले आइपीओ प्रस्तावसहित बोलायो साधारण

काठमाडौं,१० वेशाख । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेले आइपीओ प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नुका साथै आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरि, आ.व. २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्