शिक्षक २१ दिनदेखि सडक आन्दोलमा, नाच र जादुको सबैतिर चर्चा, उपलब्धी भने शुन्य
काठमाडौं,९ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज २१औं दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
आन्दोलित शिक्षकहरु निरन्तर प्रदर्शन गरि रहेका छन् । छिट फुट बाहेक प्रदर्शन भने शान्त र शिष्ट देखिएको छ । शिक्षकहरुले आफुमा भएको क्षमतालाई पस्कने मौका मिलेको छ । सामाजिक संजाल मार्फत नाच, गान, जादुको चौतर्फि चर्चा पाएकोको छ । आलोचना पनि भइरहेको छ भने उपलब्धि शुन्य रहेको छ ।
नयाँ विद्यार्थी भर्नाको समय अनि एसइइको उत्तरपुस्तिका जाच्ने बेला आन्दोलन गरेर आफ्नो मात्रै सुविधालाई ध्यान दिएको, ५५ लाख वढि बालबालिकाको भविष्यमाथि हेलचक्रयाइँ गरेको भन्दै शिक्षकहरूको आलोचनासमेत हुन थालेको छ । आन्दोलनकै कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ ।
शिक्षकहरूले मंगलबार पनि काठमाडौंको माईतीघर बानेश्वर सडकखण्डमा नाच्दै गाउँदै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २१ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।
शिक्षकहरूको आन्दोलनकै बीचमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिइसकेकिछन्, यसले झन अन्योल बनाएको छ । शिक्षकहरू भने विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन् ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरु विश्वस्त छैनन् ।
सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्