कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं,९ वैशाख । कुमारी बैंकको ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। ।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ । निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न सकिनेछ ।

तोकिएको समयावधि भित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंक द्वारा प्रकाशित सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्