सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं, ९ बैशाख । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले बैशाख २८ गते, रानीमहल बैंकेट प्रा।लि।, ज्ञानेश्वर, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । यसका साथै सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले बैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यहि बैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।

 

प्रतिक्रिया दिनुहोस्