मोटरसाइकल दुर्घटना हुँदा पर्सामा एक जनाको मृत्य
काठमाडौं, ८ वैशाख । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जगरनाथपुर गाउँपालिका-२ पाण्डेपुरस्थित सडकमा ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा जिराभवानी गाउँपालिका-२ का ३० वर्षीय बिहारी रामको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि एलएस न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोले अनुसन्धान पछि मात्र के भएको बताउन सकिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्