रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा
काठमाडौं,८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको लामिछानेको रिट हेर्न नमिल्नेमा परेको हो ।
आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोमबार सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।
यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चले चैत ३१ गते भएको सुनुवाइमा कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो । लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन्। ।
रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।
उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत २२ गते उनलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्