छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं,८ वैशाख । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने गरी सो शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

संस्थाले तोकिएको यस म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्