राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा

काठमाडौं, ७ बैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका हुन् ।

आइतबार दिउँसो पक्राउ परेका ७ जनालाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए । राप्रपाको बैकठले सरकारको निरंंकुशता र अप्रजातान्त्रिक भएको ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्