रवि लामिछानेले गैरकानुनी थुनामुक्त गरिपाउँ भन्दै सर्वोच्चमा दर्ता गरे बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं, ७ बैशाख । गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।

लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।

गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गनुपर्ने र त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्ने सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिट्रार अच्युत कुईकेलले जानकारी दिए । उनका अनुसार लामिछानेले आफू गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निवेदन दर्ता गराएका हुन् ।

थुनामा पठाउनेगरी यस अघि उच्च अदालतले दिएको आदेश विरुद्ध उनले अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । उक्त निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको प्रवक्ता कुईकेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्