नबिल बैंकको नाफा बढेर ५ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं,७ वैशाख । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८।२१ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा आएको छ । बैंकको इम्पेयरमेन्ट चार्जमा कमी ल्याएपछि खुद नाफामा सुधार देखिएको हो ।

नबिलको वितरणयोग्य नाफा पनि ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड पुगेको छ । यता, खराब कर्जामा भने केही वृद्धि भएको छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ जम्मा रहेको छ । खुद नाफामा वृद्धिसँगै यो प्रतिसेयर आम्दानी पनि १.८१ रुपैयाँले घटेर २५.०५ रुपैयाँ कायम भरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्