माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड, प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ
काठमाडौं,६ वैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
इम्पेयरमेन्ट चार्ज ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । सो चार्ज घट्दा नाफामा सुधार देखिएको हो । त्यसैगरी, खुद ब्याज आम्दानी पनि ३ अर्ब ८४ करोडबाट बढेर ४ अर्ब २५ करोड पुगेको छ ।
११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जम्मा छ ।
बैंकको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्