विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय
काठमाडौं,६ वैशाख । विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड मिति तय भएको छ । आगामी आइतबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार एफपीओको प्रि(अलोटमेन्ट भइसकेको छ । कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा निष्काशन गरेको उक्त एफपीओमा माग भन्दा ४५५ गुणा बढीको आवेदन परेको छ ।
नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको २०८१ माघ ३० गते बसेको बैठकले कम्पनीलाई एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्