नेपाल र अफगानिस्तानबीचको खेल हुन सकेन, दुवै टोलीले एकएक अंक बाँडे
काठमाडौं, ६ बैशाख । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको खेल वर्षका कारण रद्ध भएको छ ।
मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने कार्यतालिका रहेको थियो । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।
नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।
आफ्ना पछिल्ला तीन वटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो । यसले मित्रतामा दुबैलाई फाइदा भएको छ ।
प्रतिक्रिया दिनुहोस्