राज्य व्यवस्था समितिलाई कर्मचारी ट्रेड युनियन सञ्जालको ११ बुँदे मागपत्र

काठमाडौं, ५ बैशाख । संघीय निजामती ऐन जारी गर्नुपर्ने मुख्य मागसहित संघर्ष थालेका निजामती कर्मचारी आवद्ध संघ संगठनले राज्य व्यवस्था समितिको ध्यानाकर्षण गराएको छ ।

समिति सभापति रामहरि खतिवडालाई भेटेर निजामती आवद्ध ६ वटा ट्रेड युनियन सञ्जालका नेताले ज्ञापन पत्र बुझाएका हुन् ।

यसअघि भएका सहमति, अदालतको आदेश कार्यान्वयन उनीहरूको मूख्य माग छ । ट्रेड युनियनहरूले ११ बुँदे माग बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजै कानूनमन्त्री अजयकुमार चौरसियालाई उनीहरूले ज्ञापन पत्र बुझाएका छन् । मुख्यसचिव एकनारायण अर्याललाई पनि उनीहरूले भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्