नेको इन्सुरेन्सको वैशाख १२ गतेबाट २ लाख २५ हजार कित्ता सेयर लिलामी ल्याउदै

काठमाडौं,५ चैत । नेको इन्सुरेन्स लिमिटेडले वैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । यस कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

इन्स्योरेन्सको बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै, नेको इन्सुरेन्सको झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर, कास्कीलगायतका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्