रास्वपाको महाधिवेशन फागुनमा, प्रदेश इन्चार्जहरु पनि तोके

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)राष्ट्रिय महाधिवेशन सरेको छ ।

पार्टी मुख्यालय वनस्थलीमा बिहीबार बसेको रास्वपा बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन गर्दै रास्वपाले फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने निर्णय लिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार उक्त महाधिवेशन चितवनमा हुनेछ ।

त्यस्तै रास्वपाले प्रदेश इन्चार्जहरु पनि तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।

जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्