किराती सौन्दर्यको खोजीमा किरात राई प्राज्ञिक सङ्गोष्ठी-२०८१
काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा किरात राई प्रज्ञा परिषद्ले २०८१ चैत ३० र ३१ गते पाँचौँ किरात राई प्राज्ञिक सङ्गोष्ठी २०८१ आयोजना गरेको थियोे।प्रमुख अतिथि आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष रामबहादुर थापा मगरले प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा बिनायो बजाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।
अध्यक्ष मगरले ‘किरात प्रज्ञा जर्नल’को लोकार्पण गर्दै किरात राई प्रज्ञा परिषद्ले किराती जातिका बारेमा गहन तथा मिहिन ढङ्गले यस्तो महत्त्वपूर्ण प्राज्ञिक विमर्श गरेको छ ।अरू जनजातिका लागि पनि अनुकरणीय कार्यक्रम रहेकाले सबैले सिक्नुपर्ने बताउनु भएको थियोे ।
कार्यक्रमको पहिलो दिन विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य ,समालोचना तथा साहित्येतिहास विभाग प्रमुख डा.मधुसूदन गिरी ,प्राडा नोवलकिशोर राई र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ र किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले शुभकामना मनतव्य राख्नुभएको थियोे ।किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईको अध्यक्षतामा कार्यक्रम भएको थियो।यस परिषद्का सदस्य भोगीराज चाम्लिङको स्वागत मनतव्य रहेको थियोे ।
उक्त दुई दिने सङ्गोष्ठीमा ९वटा सत्र सञ्चालन गरिएको थियोे ।दोस्रो सत्रमा प्राडा युवराज सङ्ग्रौलाले ‘किरात सभ्यता’बारे विद्वत प्रवचन दिनुभएको थियोे।यस सत्रको अध्यक्षता नवलकिशोर राईले गर्नुभएको थियोे ।
• तेस्रो सत्रमा ‘किरात राईभित्रका अभौतिक सम्पदा सूचीकरणको महत्त्व’बारे डा. सोमबहादुर धिमाल, ‘नेपालका आदिवासी किरात राई महिलाहरूको मुन्दुमी संस्कृतिमा न्यून सहभागिता, मुन्दुमी अधिकार सङ्कटको अवस्था’ बारेमा डा. शान्तिदेवी राई, ‘किरात राई समुदायमा रहेको मौखिक र व्यावहारिक मुन्दुमी ज्ञान, सिप र प्रविधि’का बारेमा परशुविराट राई र समसामयिक किराती कवितामा पर्यावरणीय प्रतिबिम्बनका बारेमा यसोदा राईले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो।यस सत्रको अध्यक्षता प्राडा.सोमप्रसाद खतिवडाले गर्नुभएको थियोे ।
•तेस्रो सत्रकै अर्को समानान्तर सत्रमा पारिजात कक्षमा‘दोलोकुम गीतको संरक्षण’का बारेमा लोकबहादुर बायुङ राई, ‘चाम्लिङ समुदायको पाछा र सामै’का बारेमा जीतमान राई र ‘किरात सभ्यतामा महिलाको स्थान’का बारेमा सरिता राई र किरात पिल्मो राई जातिमा मिम्छा देवीको स्वरूपका बारेमा मेलिना पिल्मो राईले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियोे।यस सत्रको अध्यक्षता प्राडा विष्णु राईले गर्नु भएको थियोे ।
• पाँचौँ सत्रमा ‘१ नम्बर प्रदेशको पुनः नामाङ्कनः साझा नाम के हुन सक्ला ?’का बारेमा सङ्घीय सांसद रामकुमार राई (पासाङ), प्रदेश सांसद राजेन्द्रकुमार राई ,सांसद निर्मला तावा लिम्बू र किराती राई यायोक्खाका उपाध्यक्ष युवराज राईले बहस गर्नुभएको थियोे ।यसको सत्रको सहजीकरण शालिक शतासकले गर्नुभएको थियोे ।
• दोस्रो दिनको छैटौँ सत्रमा ‘आदिवासी किरात राईका थर र पाछाहरू’का बारेमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिङ्जाली र ‘किरात राई जातिको विवाहसम्बन्धी प्रचलित प्रथाजनित कानुन’का बारेमा अधिवक्ता जितकुमार राईले बहस गर्नु भएको थियोे।यस सत्रको अध्यक्षता सहप्राध्यापक चतुरभक्त राईले गर्नुभएको थियोे।
• छैटौँ सत्रकै अर्को समानान्तर सत्रमा लोहोरुङ, बान्तावा, थाङ्मी र साम्पाङ भाषाबारे दिवस राई, रमेश थामी, निराजन राई र रोहिनी राईले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियोे । •सातौँ सत्रमा नेपालका आदिवासी जनजातिहरूको उत्पत्ति र समुदायगत पहिचानको सवालमा एक चिन्तनका बारेमा डा. टेकबहादुर गुरुङले मनतव्य राख्नुभएको थियोे।यस सत्रको अध्यक्षता डा.डम्बर चेम्जोङले गर्नुभएको थियोे।
यसै सत्रमा `रङ्गमञ्चमा पहिचान’का बारेमा यासेली योङहाङ र पशुपति राईले बहस गर्नुभएको थियोे।यसको सहजीकरण गिलु रातोसले गर्नुभएको थियोे •आठौँ सत्रमा ‘आदिवासी सौन्दर्य चेत’का बारेमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुुकारुङ तथा लेखकद्वय गुरुङ सुशान्त र लेखक बिना थिङले बहस गर्नुभएको थियोे ।
•नवौँ सत्रमा ‘किरात सभ्यताः अक्षर, जनश्रुति र सांस्कृतिक अभ्यास’का बारेमा डा.रमेश ढुङ्गेल, मल्ल के सुन्दर र भोगीराज चाम्लिङले बहस गर्नुभएको थियो। समापन सत्रका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले हामी सबैले यस किसिमका प्राज्ञिक विमर्श तथा खोज अनुसन्धान गर्न जोड दिँदै किराती जातिको ऐतिहासिक र प्राज्ञिक मूल्यबारे निरन्तर विमर्श हुनु जरुरी रहेको बताउनु भएको थियोे ।
•नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा किरात राई प्रज्ञा परिषद्का सचिव डा.तारामणि राईले उक्त सत्रको सञ्चालन गर्नुभएको थियोे।
सम्प्रेषण: प्राज्ञ चेतनाथ धमला
प्रतिक्रिया दिनुहोस्