सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै

काठमाडौं,४ वैशाख । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् ।

सुमनाले पार्टीको काम कारवाहीको विषयलाई लिएर यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा कारागारमा छन् ।

उनले केही बेरपछि पार्टीको आन्तरिक संवाद समूहमा यो जानकारी गराउने र त्यसपछि सुमनाले राजीनामा घोषणा गर्नेछिन् ।

 

प्रतिक्रिया दिनुहोस्