स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं, ३ वैशाख । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो ।
लघुवित्तले बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा दिनको साढे ११ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले बैशाख ११ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार बैशाख १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्