त्रिवि उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्‌ग केसी

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् ।

त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो ।

प्रा.डा. केसीले आफूले उपकुलपतिको जिम्‍मेवारी पाएको बताए । उनल भने, ‘मैले उपकुलपतिको पत्र बुझिसकेँ। अब कार्यालयमा गएर कार्यभार सम्हाल्छु।’

यसअघि प्रा.डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

प्रतिक्रिया दिनुहोस्