२०८२ को पहिलो कारोबार दिन सेयर बजारमा हरियाली,नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं,२ वैशाख । वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ ।
नेप्से परिसूचक वृद्धि भएसंगै २६८९ अंकमा कायम भएको छ । आज नेप्से २७०४ अंकसम्म पुगेको थियो ।
बजारको परिसूचक बढेसंगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।
२१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढे । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढेको छ भने व्यापार सेक्टर घटेको हो । आज यो सेक्टर ०.६४ प्रतिशत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्