ट्रम्पको निशाना अब हार्वर्ड विश्वविद्यालय, २ अर्ब डलर संघीय अनुदान रोक्ने चेतावनी
काठमाडौं, २ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व विख्यात हार्वर्ड विश्वविद्यायलाई दिइदै आएको वार्षिक २ अर्ब डलरभन्दा बढीको संघीय अनुदानमाथि रोक लगाउने भएको छ ।
ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयसँग राखेका कतिपय माग अश्वीकार गरेपछि ट्रम्प प्रशासनले अनुदान रोक्ने भएको हो । देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमाथि भएको यो ज्यादतीको विरोध भइरहेको छ ।
यसअघि ह्वाइट हाउसको तर्फबाट हार्वर्ड विश्वविद्यालयसमक्ष केही सरोकारको सूची पठाइएको थियो । ती मागलाई विश्वालय प्रशासनले विश्वविद्यालय क्याम्पसमा यहूदीविरोधी भावनासँग लड्ने जमात तयार पारेको आरोप छ ।
ट्रम्प प्रशासनले विश्वविद्यालयको प्रशासन, प्रवेश र नियुक्ति प्रक्रियामा संशोधन गर्न भनेको थियो । यहूदीविरोधी भावना भड्काउने उद्देश्यले हार्वर्डमा विदेशी विद्यार्थी भर्ना भएको ह्वाइट हाउसको आरोप छ । विश्वविद्यालयमा भर्ना प्रक्रियामाथि ह्वाइट हाउसले गर्न खोजेको हस्तक्षेपको हार्वर्ड प्रशासनले खारेज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्