सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं,२ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक समूहको १ लाख ४२ हजार ५१३ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि निवेदन सक्नेछन्। । यसअघि बैंककै संस्थापक शेयरधनीलाई शेयर बिक्री खुला गरिएकोमा खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएको बैंकले जनाएको छ ।

इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र बैंकको शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्