माओवादीको पूर्व पश्चिम जागरण अभियान पुनः सुरु
काठमाडौं, २ बैशाख । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित ुजनतासँग माओवादी तराई–मधेस जागरण अभियानु जारी छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी अभियान हाल नवलपरासीमा केन्द्रित छ ।
अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको छ । सो क्रममा प्रचण्डले गैँडाकोटको संगम लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् ।
पूर्व उपराष्ट्रपति तथा माओवादी उपाध्यक्ष नन्दकिशोर पुन पासाङ पनि यो अभियानमा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्