काभ्रेमा टिपर दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं,३१ चैत । मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर-२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना २ ख २४६४ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले जानकारी दिए । अनुसन्धानपछि मात्रै घटनाको बारे बताउन सकिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्