नेपाल ल्युब आयलले २०० प्रतिशत हकप्रद ल्याउन बोर्डसंग माग्यो अनुमती

काठमाडौं,२९ चैत । नेपाल ल्युब आयलले २०० प्रतिशत हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर जारी गर्न अनुमति माग्दै चैत २७ गते निवेदन दिएको हो । सेबोनले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ करोड ८५ लाख ८८ हजार ४० रुपैयाँ पुग्नेछ । कम्पनीको यस हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्