प्रभु क्यापिटलले ४० करोड रुपैयाँको खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्ने
काठमाडौं,२९ चैत । प्रभु क्यापिटलले ४० करोड रुपैयाँ बराबरको खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले क्यापिटललाई ुप्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमु को ४ करोड इकाई बिक्री गर्न अनुमति दिएको हो । प्रतिइकाई १० रुपैयाँको दरले यो म्युचुअल फन्ड योजना बिक्री हुनेछ । यसको कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्