नेको इन्सुरेन्सको ६ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं,२९ चैत । नेको इन्सुरेन्सको ६ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्