शिक्षकको आन्दोलन नवौं दिनमा, सरकार गैरजिम्मेवार: महासंघ अध्यक्ष
काठमाडौं,२९ चैत । शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको आज नवौं दिन भयो । आन्दोलन लामो समय हुँदा पनि सरकारले कुनै महत्व दिएको जस्तो देखिएन । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलित भएका हुन् ।
सरकारले पटक(पटक वार्तामा बोलाए पनि ऐन जारी गर्ने सुनिश्चित नभएसम्म नजाने अडान महासंघ बिहीबार भने सरकारसँग छलफलमा बस्यो ।
शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीमो नेतृत्वमा शिक्षा मन्त्रालयमा वार्ता भएपनि सहमति भएन । महासंघले आफ्ना माग सम्बोधन नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।
देशको विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटो हिंडाउने अभियानमा छौं । अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीको हितका पक्षमा लडिरहेका छौं । हामीलाई थाक्ने गल्ने सुविधा छैन । त्यसैले आन्दोलनको मोर्चामा अझ कटिबद्ध भएर लाग्छौं ।’
ऐन जारी गर्न महासंघले सरकार समक्ष तीन वटा विकल्प प्रस्तुत गरेको छ ।
महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भनेका छौं । बिहीबारको वार्तामा सहभागी सहअध्यक्ष पराजुलीले भनिन् ।
वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराई नेतृत्वक गरेकी थिइन् । सरकारले आन्दोलन छोडेर वार्ता र संवादलाई निरन्तरता दिन महासंघ संग पटक पटक आग्रह गरेको छ । सरकारले घुमाउरो भाषामा आन्दोलन रोक्न भनेको पराजुलीले बताइन् ।
उनले भनिन ‘ऐन जारी नभएसम्म आन्दोलन रोकिदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउछौ भनेका छौं’ । आन्दोलन गर्नु शिक्षकहरुको रहर होइन बाध्यता हो ।
प्रतिक्रिया दिनुहोस्