दुर्गा प्रसाईंकासंगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ

काठमाडौं,२९ चैत । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का समेत पक्राउ परेका छन् ।

प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने स्रोतले जानकारी दियो ।

उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ । उनीहरुलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । प्रसाईं भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको छ । यस सम्बन्धमा के भएको हो त्यो भने वाहिर आउन बाँकी छ ।

तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । घटनापछि प्रसाईं फरार थिए र प्रहरीले उनको खोज गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्