हकप्रद निष्काशन प्रयोजनका लागि नेपाल लाइफले तोक्यो बुकक्लोज मिति

काठमाडौं,२९ चैत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । इन्स्योरेन्सले बैशाख १ गते एक दिनका लागि बुकक्लोज मिति तोकेको हो ।

आगामी बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत अर्थात २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्